काठमाडौं, पुस २२ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आफ्नो पुरानै घर नेकपा एमालेमा फर्कनुभएको छ ।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटी बैठक चलिरहँदा पुगेर माधव नेपाल नेतृत्वको पार्टीको आवश्यकता र औचित्य दुवै सकियो भन्ने निश्कर्षसहित चर्चित नेता गोविन्दराम एमाले प्रवेश गर्नुभएको हो ।
एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ । मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुनुहुन्छ ।
नेता चेपाङले पार्टी प्रवेससँगै अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव शंकर पोखरेलका लागि चेपाङ समुदायले प्रयोग गर्ने जाबी (वनस्पतिबाट निर्मित एकप्रकारको झोला) उपमहार समेत दिनुभएको छ । नेकपा एसमा लागेर ठूलो गल्ती भएको महसुससहित पुरानो घरमा फिर्ता भएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्