जनता टाइम्स

२३ पुष २०८१, मंगलवार २१:३६

सरकारले थप गर्यो सशस्त्रका चार डीआईजीको म्याद


काठमाडौं, पुस २३। सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको मन्त्रिपरषदको आकस्मिक बैठकले सशस्त्र प्रहरी बलका चार डीआइजीको म्याद एक बर्ष थप गर्ने निर्णय गरेको हो ।

यसरी म्याद थप हुनेडीआईजीहरुमा शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङ रहनुभएको छ । सशस्त्र प्रहरी बल नियमावलीमा डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा रहेको छ । सोही ब्यवस्थाअनुसार मन्त्रिपरिषद बैठकले यस्तो सुविधा उपभोगको अवसर दिएको हो ।

सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले दुई साता अघि नै डीआईजीहरुको एक वर्ष समय थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा दर्ता गरेको थियो ।