काठमाडौं, पुस २४ । नेपालमा अफवाह कतिसम्म फैलाइन्छ भन्ने कुराको उदाहरण नेकपा एमालेका सचिव लेखराज भट्ट हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सल्लाहकार रहनुभएका पूर्वसचिव भीम उपाध्यायसहितको फेकन्यूज निर्माण समुहले एमालेका सचिव भट्टको नामै किटान गरेर पूर्वमाओवादीका नेताहरुले एमाले छाडेको भनी सामाजिक निकै प्रचार गर्यो ।
पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी भइरहँदा भट्टमाथि यस्तो कूप्रचार गरियो । एकातिर पार्टी छाडेको प्रचार अर्कोतिर पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी भइरहेको अवस्थाले नै अफवाह हो भन्ने प्रष्ट भयो । आफूले एमाले छाडेको भनी गरिएको प्रचार एमाले र आफूविरुद्ध फैलाइएको सुनियोजित भ्रम र र षडयन्त्र भएको भट्टले प्रष्ट पार्नुभएको छ । आफूले एमाले बाहिर रहने कुराका कल्पनासमेत नगरेको बताउँदै भट्टले सुदूरपश्चिममा कमजोर बन्दै गएका शक्तिहरूले यस्तो भ्रम फैलाएका बताउनु भयो ।
जनताटाइम्स डटकमसँगको कुराकानीमा सुदुरपश्चिम इञ्चार्जसमेत रहनुभएका सचिव भट्टले सुदूरपश्चिममा एमालेको बढ्दो प्रभाव रोक्नका लागि भ्रम फिँजाउन यस्तो अफवाह फैलाइएको बताउनुभयो । ‘यति बेला सुदूरपश्चिममा एमाले बलियो शक्ति बनेको छ, अरू सबै कमजोर भएका छन्, त्यही भएर म माथि प्रहार गरेर मेरो राजनीतिक चरित्र हत्या गर्न सकियो भने केही गर्न सकिन्छ कि भन्ने प्रवृत्तिले अहिले भ्रम फिँजाउने काम गरिरहेका छन,’ सचिव भट्टले भन्नुभयो ।
कतिपय मानिसहरूको आफू उनीहरूसँग रहिरहोस र उनीहरूको लागि काम गरिदेओस भन्ने अभीष्ट भएको हुनसक्ने बताउँदै भट्टले उनीहरूको स्वार्थ अनुसार काम नगरेपछि यस्तो हर्कत गरिएको बताउनु भयो । ‘म माथिको प्रहार भनेको अहिले एमाले एमाले सुदूरपश्चिम माथिको प्रहार हो, जसरी अहिले पार्टी केन्द्रमा हाम्रो अध्यक्ष केपी ओली माथि प्रहार भइरहेको छ त्यस्तै सुदूरपश्चिममा म माथि प्रहार भएको हो, टाउकोमा नै हान्यो भने केही गर्न सकिन्छ कि भन्ने विभिन्न प्रवृत्तिका मानिसहरूलाई लागेको हुनसक्छ तर त्यो सम्भव छैन’, भट्टले भन्नुभयो ।
सुदूरपश्चिममा नेकपा एमालेको इञ्चार्ज भएकोले आफू माथि प्रहार गरेपछि एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कतिपयलाई लागेको हुनसक्ने उहाँले बताउनुभयो । ‘यही कोणबाट यी प्रवृत्तिहरूले चलखेल गरेका हुन् भन्ने मलाई लाग्छ’, सचिव भट्टदे भन्नुभयो ।
यी सबै चलखेल र भ्रमलाई चिरेर सुदूरपश्चिममा पार्टीको अभियानलाई थप बलियो बनाएर लैजाने उदघोषसमेत उहाँले गर्नुभयो । ‘पार्टीले अहिले तलसम्म काम गर्ने वार्षिक कार्ययोजना बनाएको छ, अहिले नयाँ ढङ्गले समीक्षा पनि गरेको छ, घरदैलोसम्म पुग्ने तीन महिने अभियान चलेको छ, तीन महिने अभियानमा हामी तलसम्म पुग्छौँ, यसले पार्टीलाई एकताबद्ध बनाउन र सबै खालका भ्रम चिर्न मद्दत गर्दछ’, भट्टले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्