जनता टाइम्स

२५ पुष २०८१, बिहीबार १२:४९

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौं, पुस २५ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।

बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुन आज रु एक लाख ५३ हजार ३०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ ।