जनता टाइम्स

२६ पुष २०८१, शुक्रबार १३:५०

एनएमबि बैंकको २९औं बार्षिक साधारण सभा सम्पन्न


काठमाडौं, पुस २६ ।  एनएमबि बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहीवार साधरण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा सम्पन्न साधारण सभामा सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार ब्यक्त गर्नुभएको थियो ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ, निक्षेप २२७.१० अर्ब रुपैयाँ र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको सो बैंकले जनाएको छ । एनएमबी बैंकले हाल देशभरी २०१शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।