जनता टाइम्स

२६ पुष २०८१, शुक्रबार १७:१६

डिआइजीको म्याद थप र सहसचिवलाई काज खटाउनेदेखि बिदेश भ्रमणसम्मका यस्ता छन मन्त्रिपरिषदका ६ निर्णय (सूचीसहित)


काठमाडौं, पुस २६ । सरकारले सहचिवलाई काजमा खटाउनेदेखि सशस्त्र प्रहरी बलका डिआइजीको म्याद थपसम्मको ६ वटा निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रसवधमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नुभएको हो ।सार्वजनिक भएका निर्णयअनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय भएको छ ।

बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको छ । बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ‘वर्कसप अन इनह्यान्सिङ एसएआई–सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिजन’ कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारलाई स्वीकृत प्रदान गरेको जानकारी उहाँले दिनुभयो ।

मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ ।