जनता टाइम्स

२६ पुष २०८१, शुक्रबार १८:३९

प्रधानमन्त्रीले भेटे राष्ट्रपति, यस्तो छ निचोड


काठमाडौँ, पुस २६ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उहाँहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो ।

भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुुहुुन्थ्यो ।