जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १६:४६

कार्यवहाक प्रधानमन्त्रीको जिम्मा ईश्वर पोखरेललाई


काठमाडौं, कात्तिक ७

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान गएपछि कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई तोकिएको छ । यसअघि पनि प्रधानमन्त्री नहुँदा उहाले नै कार्यवहाकको जिम्मेवारी बहन गर्दै आउनु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोक्नुभएको हो । असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नुभएको छ ।