जनता टाइम्स

२७ पुष २०८१, शनिबार १६:२८

राप्रपा नेपालको चियापानमा प्रधानमन्त्री सहभागी (फोटोफिचर)


काठमाडौँ, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित चियापानमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री ओली आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यैङ्क्युट  बालुवाटारमा आयोजित चियापान कार्यक्रममा सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।