काठमाडौं, पुस २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुभएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले रबि भर्खरै जिल्ला अदालतमा हाजिर हुनुभएको हो । अदालतमा फरार प्रतिवादीका रुपमा प्रतिवादी बनाइएका आरोपी बिहान ९ं:३० बजे अगावै पुग्नुपर्ने भएकोलेरबि अदालत पुगिसक्नु भएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा हुनुभएका रबि शुक्रबार नै अदालतमा हाजिर हुने भने पनि पोखराबाट काठमाडौं आउँदा साँझ परेकोले आज मात्र अदालतमा हाजिर हुनुभएको हो ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै ८४ दिनपछि हिरासतमुक्त हुनुभएका लामिछाने काठमाडौं आएपछि आज जिल्ला अदालतमा हाजिर हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्