काठमाडौं, पुस २९। सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर भूमि आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । नियुक्त भएका अध्यक्षहरुलाई भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले शपथ गराउनु भएको छ ।
यसअघि ५८ जिल्लामा नियुक्त गरिएकोमा पछि अन्य जिल्लामा थपेर शपथ गराइएको हो । अध्यक्षमा सत्तारुढ एमाले र कांग्रेसले ३५–३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्