जनता टाइम्स

२९ पुष २०८१, सोमबार २२:५८

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिश (सूचीसहित)


काठमाडौं, पुस २९ । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिश भएका छन ।

गृह मन्त्रालयमा सोमवार राती बसेको बढुवा समितिको बैठकले २५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिशसहित सूचना प्रकाशन गरेको छ ।

बढुवाको सूचीमा पहिलो नम्बरमा रमेश थापा र दोस्रोमा अजय केसी पर्नुभएको छ । यसैगरी अन्तिम नम्बरमा प्रभुप्रसाद ढकालको नाम परेको छ ।