काठमाडौं, माघ १ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरास्थित होटल पोखरा ग्राण्डमा यही पुस २८ गते सम्पन्न साधरण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गरेको छ ।
उक्त साधारण सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंकको सञ्चालक समिति सदस्यमा निर्बिरोध निर्वाचित गरेका छ । बैंंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राख्नुभएको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न गर्नुभएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास संगसंगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिम रहित सेवा प्रदान गर्न नयाँनयाँ प्रविधिहरुलाई आत्मसात गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्याउने उदेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको जानकारी गराउनु भयो ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिइरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताउनुभयो ।
साधारण सभामा बैंकको संस्थापक शेयरधनीको तर्फबाट पूर्वबन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो र समाजसेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाउनु भएको थियो भने अन्य संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्