६० लाख रुपैयाँ धरौटीमा छाडने आदेशमा लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएकाले उनी कसुरदार होइनन भन्न सक्ने अवस्था नदेखिएको उल्लेख छ ।
काठमाडौं, माघ २। पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाडने आदेशमा बिभिन्न आधार देखाइएको छ । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिने क्रममा पाँच पृष्ठ लामो ब्याख्या गर्दै आधार खुलाएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रबिलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । यसअघि लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटनु भएको थियो ।
जिल्ला अदालत काठमाडौंले मुद्दाको कारवाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी धरौटी रकम मागेको हो । आदेशमा लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएकाले रबि कसुरदार होइनन भन्न सक्ने अवस्था नदेखिएकोउल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्