काठमाडौं, माघ २ । सहकारी ठगी प्रकरणमा रबि लामिछानेको बिपक्षमा बहश गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार काठमाडौं जिल्ला अदालत परिसरमै हातपात गरेका छन ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि हातपात भएको हो । त्यसलगत्तै बरिष्ठ अधिबक्ता त्रिपाठीलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो ।
अधिवक्ता त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीपीडितका तर्फबाट बहस गर्नुभएको थियो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको थुनछेक बहसका क्रममा बुधबार प्रतिवादीका तर्फबाट सरकारी वकिलहरुले जवाफी बहस गरेका थिए । सो घटनाप्रति रास्वपाले माफी मागेको छ ।
प्रतिक्रिया दिनुहोस्