जनता टाइम्स

३ माघ २०८१, बिहीबार २०:१६

अदालतको फैसलाप्रति एमाले महासचिव पोखरेलले उठाए गम्भीर प्रश्न


काठमाडौं, माघ ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतको फैसलाबारे गम्भीर प्रश्न उठाउनु भएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनुभएका एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रश्न उठाउनु भएको थियो । उहाँले कार्यकारीको भूमिकालाई अकुंश लगाउने गरी न्यायिक सक्रियता हुनुलाई लोकतन्त्रको सुदृढीकरणसँग जोडनुभएको छ ।

‘‘ नेपालमा भने राजनीतिक मामिलामा देखिएको न्यायिक सक्रियता र कार्यकारीको भूमिकालाई अंकुश ललगाउने अदालती फैसलाले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन ?’ महासचिव पोखरेलले लेखेका छन्, ‘यसतर्फ पनि लोकतन्त्रका पक्षधरहरुले गम्भीर विमर्श गर्नुपर्ने देखिन्छ।’

कार्यकारी भूमिकालाई अंकुश लगाउनेगरी अदालती फैसला आउनुलाई महासचिव पोखरेलले पाकिस्तानमा सेनाको जर्नेलहरुको महाकांक्षासँग तुलना गरेका छन।

‘पाकिस्तानमा सेनाका जर्नेलहरुको राजनीतिक महत्काकांक्षाले त्यहाँको लोकतन्त्र कमजोर बनेको, विकास र सुशासनमा गम्भीर नकारात्मक असर परेको देखिन्छ’, उहाँले लेखेका छन।

पोखरेलको भनाई जस्ताको तस्तै

पाकिस्तानमा सेनाका जर्नेलहरुको राजनीतिक महत्वकांक्षाले त्यहाँको लोकतन्त्र कमजोर बनेको, विकास र सुशासनमा ग़म्भीर नकारात्मक असर परेको देखिन्छ । नेपालमा भने राजनीतिक मामिलामा देखिएको न्यायिक सकृयता र कार्यकारीको भूमिकालाई अंकुश लगाउने अदालती फैसलाले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन ? यसतर्फ पनि लोकतन्त्रका पक्षधरहरुले गम्भीर विमर्श गर्नुपर्ने देखिन्छ ।