जनता टाइम्स

५ माघ २०८१, शनिबार २२:०४

प्रचण्डलाई शंकर पोखरेलले फर्काए कठोर जवाफ


काठमाडौं, माघ ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कठोर जवाफ फर्काउनु भएको छ । आफू सत्तामा रहँदा गरेको कामलाई स्मरण गराउँदैमहासचिव पोखरेललेप्रचण्डलाई जवाफ फर्काउनु भएको हो ।

उहाँले हिउँदे अधिवेशन नबोलाएकोमा प्रचण्डमा ठूलो चिन्ता भएको भन्दै आफू पदमा रहँदा के भएको थियो भन्दै तथ्य स्मरण गराउनु भएको छ । शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै महासचिव पाखेरेलले प्रचण्डले आफू प्रधानमन्त्री हुँदा माघको अन्तिम साता अधिवेशन आह्वान गरेको तर अहिले भने छटपटाएको दृष्य उजागर गर्नुभएको छ ।

‘प्रचण्डजी प्रधानमन्त्री हुदाँ हिउँदे अधिवेशन माघको अन्तिम सातामा वोलाएको बिर्सनुभएछ कि क्या हो ?,’ महासचिव पोखरेलले भन्नुभएको छ, ‘उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ ।’ प्रतिपक्षी दलहरूको बैठक राखेर विशेष अधिवेशन बोलाउने घुर्की प्रचण्डले दिएको भन्दै महासचिव पोखरेलले कडा ब्यंग्य गर्नुभएको छ ।

‘उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन वोलाउने घुर्की समेत लगाउनु भएछ,’ महासचिव पोखरेलले भन्नुभएको छ, ‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे १ होइन त ’

प्रतिपक्षी दल माओवादीसहितले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अधिवेशन नबोलाए विशेष अधिवेशनमा जाने चेतावनी दिनुभएको थियो । सत्ताबाट हटेपछि प्रचण्ड मुलुकमा अराजकता मच्चाउने अभियानमा लागेपछि महासचिव पोखरेलले कठोर जवाफ फर्काउनु भएको हो ।