जनता टाइम्स

६ माघ २०८१, आईतवार ०३:०९

प्रचण्ड बिदेशीको घोडा बनेको भन्दै टीमसहित एमाले प्रवेश गरे प्रदेश कमिटीका नेता


सुर्खेत, माघ ६ । नेकपा माओवादी केन्द्रको नेतृत्व बिदेसीको भरिया बनेको भन्दै सो युवा नेता दलबलसहित नेकपा एमाले प्रवेश गरेका छन ।

एमाले कर्णाली प्रदेश कमिटीको बैठक चलिरहेको बेला बैठक कक्षमै पुगेर माओवादी कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल एमाले प्रवेश गर्नुभएको हो । रम्तेल माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय सचिव तथा कर्णाली प्रदेश अध्यक्षसमेत हुनुहुन्छ ।

चुली युवा क्लबको अध्यक्षसमेत रहनुभएका रम्तेल माओवादी केन्द्र परित्याग गरी शनिवार सो पार्टी त्यागेर एमाले प्रवेश गर्नुभएको हो । युवा नेता रम्तेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको असली घोडा बनेर नेपालमा गतिविधि गरिरहेको कारण सो पार्टी त्यागेर एमालेमा समाहित भएको घोषणा गर्नुभयो ।

‘प्रचण्ड कमरेड देशबिरुद्धको गतिबिधिमा निरन्तर लागिरहनु भयो, उहाँ निरन्तर भारतको असली घोडा बनेर नेपालमा गतिविधि गरिरहेको कारण अव राष्ट्रवादी कोही पनि माओवादीमा रहनु हुन्न भन्ने निश्कर्षका साथ एमाले रोजेको हुँ,’ रम्तेलले भन्नुभयो । उहाँलाई एमाले स्थायी कमिटीका सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, कर्णाली प्रदेश इञ्चार्ज गोरखबहादुर बोगटी र कर्णाली अध्यक्ष गुलावजंग शाहलगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।