जनता टाइम्स

७ माघ २०८१, सोमबार ०३:३८

भूतपूर्व सैनिक तथा प्रहरी संगठनले तोक्यो महाधिवेशन मिति, अध्यक्ष बिनोद पाण्डेको नेतृत्वमा मूल तयारी समिति गठन


काठमाडौं, माघ ७ । नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को छैटौं महाधिवेशनको मिति तय भएको छ ।

अध्यक्ष बिनोद पाण्डेको अध्यक्षता र इञ्चार्ज खेममान खडकाको प्रमुख आतिथ्यतामा आइतवार सम्पन्न केन्द्रीय कमिटी बैठकले आगामी फागुन २७ र २८ गते काठमाडौंमा छैटौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनको मिति तय गर्दै पूर्वतयारीका लागि अध्यक्ष पाण्डेको नेतृत्वमा मूल तयारी समिति गठन गरी बिभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले पार्टीले सञ्चालन गरेको वडा केन्द्रित तीन महिने अभियानलाई रचनात्मक रुपमावडा तहसम्म सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।