जनता टाइम्स

७ माघ २०८१, सोमबार १७:३४

संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौं, माघ ७। सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो । प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गर्नुभएको थियो ।

विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला सरकारले अधिवेशन आह्वान गरेको हो ।