काठमाडौं, माघ ८ । पूर्वउपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले अन्ततः आफ्नो घर नेकपा एमालेमै फर्कने निर्णय लिनुभएको छ ।
अव कुनै पद पाइन्न भनेर माधव नेपालले आफ्नो लागि खोल्नुभएको नेकपा एकीकृत समाजवादी पार्टीसँग लामो छलफल गरेपछि त्यो पार्टीको काम छैन भन्ने निश्कर्षका साथ एमालेका पूर्वबरिष्ठ उपाध्यक्षसमेत रहनुभएका गौतम मुल घरमै फर्कन लाग्नुभएको हो ।
माधवले तेस्रो वरियतासहित बामदेवलाई पार्टीमा भित्र्याउन चाहनुभएको थियो । तर बामदेव माधवको पार्टी बिचारदेखि ब्यवहारसम्म चरम अवसरवादी र बेइमान रहेको निश्कर्षमा पुगेर एमालेमा फर्कन लाग्नुभएको हो । गौतम संभवत बुधवार एमालेमा औपचारिक रुपमा प्रवेश गरी आफ्नो एकता अभियान बिलय गर्ने तयारीमा हुनुहुन्छ ।
पूर्वउपप्रधान एवं गृहमन्त्री गौतम एमाले फर्किने भएपछि माधव नेपाल भने उडायो सपना सवै हुरीले भन्ने अवस्थामा पुग्नुभएको छ । यसअघि पनि सार्वजनिक रूपमै एमालेले चाहे र वोलाए फर्किन तयार रहेको बताउनु भएका गौतमले एमाले अध्यक्ष केपी ओलीले जिम्मेवारी दिएको अवस्थामा माधव र प्रचण्ड समेतलाई एक ठाउँमा ल्याउने जिकिर गर्दै आउनु भएको छ । गौतम भने एमालेले ७० वर्षको उमेर हद हटाए लगत्तै पार्टी मुख्यालय च्यासलमा पुगेर अध्यक्ष ओलीसँग भेटगरी खुशी व्यक्त गरेर पार्टी बोलाए तत्कालै फर्किने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्