जनता टाइम्स

८ माघ २०८१, मंगलवार १९:०७

धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्रीसँग भटने समय नै नलिएको खुलासा, ब्यस्थताले भएन भेट


प्रधानमन्त्रीज्यूको आज उहाँ (हर्कराज सम्पाङ) सँग भेटघाटको कार्यक्रम नै थिएन । प्रधानमन्त्रीको आज त विहानैदेखि कार्यक्रमको सेड्युल टाइट थियो । त्यसकारण पनि भेट हुन सकेन : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ ८ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ समय नै नलिई प्रधानमन्त्री केपी शर्मा ओली भेटन प्रधानमन्त्री कार्यालय पुग्नुभएको तथ्य खुलेको छ ।

प्रधानमन्त्रीको सचिवालयले बिनाजानकारी मेयर साम्पाङ आउनु भएकोले पूर्वनिर्धारित कार्यक्रमअनुसार समय ब्यवस्थापन हुन नसक्ने जनाएर उहाँलाई फिर्ता पठाएको छ । मेयर साम्पाङ मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री भेटने भन्दै पुग्नुभएको थियो ।

सो क्रममा सचिवालयले पहिला नै समय नलिई प्रधानमन्त्रीसँग भेट गर्न नपाइने बिषयमा सम्झाइ बुझाइ पठाएको हो । ‘प्रधानमन्त्रीज्यूको आज उहाँ (हर्कराज सम्पाङ) सँग भेटघाटको कार्यक्रम नै थिएन । प्रधानमन्त्रीको आज त विहानैदेखि कार्यक्रमको सेड्युल टाइट थियो । त्यसकारण पनि भेट हुन सकेन,’ जनताटाइम्सको जिज्ञासामा प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

धरानको खानेपानी समस्या समाधानका लागि भन्दै रित्तो गाग्रो बोकेर मंगलबार सिंहदरबार प्रवेश गर्न खोज्नुभएका मेयर साम्पाङलाई गाग्रो खोसर प्रहरीले सिंहदरवार प्रवेश गराएको थियो । त्यसपछि उहाँले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्नुभएको थियो । उपप्रधान तथा अर्थमन्त्री पौडेल र खानेपानीमन्त्री यादवसँग भेट गरेपछि अव प्रधानमन्त्री भेटने भन्दै पुग्नुभएका मेयर साम्पाङले प्रधानमन्त्री ओलीसँग भने भेट्न पाउनु भएन ।

अर्थमन्त्री पौडेल र खानेपानीमन्त्री यादवसँगको भेटमा मेयर साम्पाङले भेट गरेर आफ्ना कुरा राख्नुभएको थियो । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर सोमवार उहाँ काठमाडौं आउनु भएको थियो ।

काठमाडौं आएपछि उहाँले केही युटुवर र फोटोग्राफर साथमा लिएर आफ्नो बिज्ञापन गर्दै प्रधानमन्त्री भेटने बताउनु भएको थियो । समय नलिई प्रधानमन्त्रीसँग भेट हुन्न भन्ने जानकारी हुँदाहुँदै उहाँले स्टण्टका लागि यी काम गरेको धरानकै मतदाताले बताएका छन ।