काठमाडौं, माघ ८ । सत्तारुढ नेकपा एमालेले विधान महाधिवेशनको मिति तय गरेको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीको सनराइज हलमा बिधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । एमालेले दशौं महाधिवेशनअघि बिधान महाधिवेशन गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आउनु भएपछि एमालेले छुट्टाछुट्टै रुपमा नेतृत्व चयनका लागि महाधिवेशन र बिधान संशोधनका लागि बिधान महाधिवेशन गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्