जनता टाइम्स

९ माघ २०८१, बुधबार १५:४६

यी हुन सोसल मिडिया नियमनदेखि कर्मचारीको पारिश्रमिक स्वीकृत गर्नेसम्मका मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित)


काठमाडौं, माघ ९ । सरकारले सामाजिक सञ्जाल (सोसल मिडिया) सञ्चालन र नियमन बिद्येयक संसदमा पठाउनेदेखि बिदेसस्थित कुटनीतिक नियोगका कायम गरिएको दरवन्दीको कर्मचारीको पारिश्रमिक स्वीकृत गर्नेसम्मका १५ निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिनुभएको हो । मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा बनेको बिद्येयक २०८१ संघीय संसदसमक्ष वेश गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यसैगरी जग्गा प्राप्त तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको बिद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिएको छ । यस्तै मन्त्रिपरिषदले अर्थ मन्त्रालयको प्रस्तावमा समपुरक अनुदान सम्बन्धी कार्यबिधि २०८१ र बिशेष अनुदान सम्बन्धी कार्यबिधि २०८१ लाई स्वीकृत गरेको छ । यस्तै सहलगानी सम्बन्धी कार्यबिधि २०७७, कोभिड–१९ को महामारीबाट प्रभावित अतिबिपन्न परिवार नगद हस्तान्तरण कार्यबिधि २०७८ लाई खारेज गरेको छ ।