जनता टाइम्स

९ माघ २०८१, बुधबार १९:२९

अखिल क्रान्तिकारीमा माओवादीका नेतैपिच्छे उम्मेदवार, अध्यक्ष प्रचण्डको शक्ति बस्नेतका उम्मेद्वारतिर

काठमाडौं, माघ ९ । नेकपा माओवादी नकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि नेतैपिच्छेका उम्मेदवार बनेका छन । नयाँ नेतृत्वका लागि सहमति जुट्न नसकेपछि पदाधिकारी नेताहरूको धार अनुसार अध्यक्षमा उम्मेदवारी परेको हो ।

क्रान्तिकारीको अध्यक्षका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट कुनै पनि उम्मेद्वार नरहेपछि दोस्रो तहका नेताहरूले अघोषित प्यानल बनाएर विद्यार्थी नेताहरूलाई चुनावी मैदानमा उतारेका छन । मंगलबार भएको उम्मेदवार मनोनयनमा उपाध्यक्ष र उपमहासचिवहरूले आफू नजिकका विद्यार्थी नेताहरूलाई प्यानलसहित मैदानमा उतारेका हुन ।

उपमहासचिव जनार्दन शर्मा पक्षले भोजपुरका हेमन्त राईलाई अध्यक्षमा अघि सारेको छ । राईलाई नेता सुदन किराँतीको समेत समर्थन रहेको छ । अर्का उपमहासचिव वर्षमान पुनले तनहुँका सुदिन पौडेललाई अघि सार्नुभएको छ भने उपमहासचिव शक्ति बस्नेतले पर्वतका विजय सापकोटालाई मैदानमा उतार्नुभएको छ ।

यस्तै बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रौतहटका उपदेश यादवलाई अध्यक्षको उम्मेदवार बनाउनु भएको छ । यस्तै उपाध्यक्ष पम्फा भुसालले सर्लाहीका विश्वमणि थापालाई अध्यक्षमा उम्मेदवार बनाउनु भएको छ । यसैगरी उपाध्यक्ष कृष्णबहादुर महराले नातेदार योगेन्द्र बुढालाई उम्मेदवार बनाउनु भएको छ । यसैगरी डा. बाबुराम भट्टराई पक्षका नेताहरू माओवादी केन्द्रमा समाहित हुँदा प्रवेश गरेकी तिर्सना हमालले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न नेताहरूलाई निर्देशन दिनुभएको थियो । माओवादी स्रोतका अनुसार अध्यक्ष प्रचण्डले उपमहासचिव शक्ति बस्नेतका उम्मेदवार रहनुभएका पर्वतका विजय सापकोटालाई अध्यक्ष र जनार्दन शर्माका उम्मेदवार भोजपुरका हेमन्त राईलाई महासचिव बनाएर कार्य समिति बनोस भन्ने चाहना राख्नुभएको थियो तर अन्य नेताले नमानेपछि सहमतिको प्रयास विफल भएको हो ।

अखिल क्रान्तिकारीले पहिलोपटक ३२ वर्षे उमेर हद लगाएर नयाँ नेतृत्व चयन गर्दै छ । उमेर हद लागू हुँदा अघिल्लो कमिटीमा उपमहासचिवभन्दा माथिका सवै नेता आउट भएका छन । सोही कारण उपमहासचिवसम्म भएका बिद्यार्थी नेताहरु अध्यक्षको उम्मेदवार बनेका हुन ।

अखिल क्रान्तिकारीको कुल २४३ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाका लागि निर्वाचन हुनेछ । गत १० असोजदेखि १४ असोजसम्ममा काठमाडौंको कीर्तिपुरमा आयोजित राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेतृत्व चयन नगरी सम्मेलन स्थगित गरिएको थियो । त्यसैले अहिले बल्ल नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको हो ।

अखिल क्रान्तिकारीमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवाद निर्वाचनमार्फत टुंगो लगाइएको थियो । ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने भन्ने विषयमा भोटिङ हुँदा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो । सोही नतिजा अनुसार ३२ वर्षसम्मकाले उम्मेदवारी दर्ता गराएका हुन । ३२ बर्षे उमेर हद लागू भएपछि अध्यक्ष प्रचण्डका सवै उम्मेदवार आउट भएका हुन ।

नेकपा माओवादी नकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि नेतैपिच्छेका उम्मेदवार बनेका छन । नयाँ नेतृत्वका लागि सहमति जुट्न नसकेपछि पदाधिकारी नेताहरूको धार अनुसार अध्यक्षमा उम्मेदवारी परेको हो । क्रान्तिकारीको अध्यक्षका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट कुनै पनि उम्मेद्वार नरहेपछि दोस्रो तहका नेताहरूले अघोषित प्यानल बनाएर विद्यार्थी नेताहरूलाई चुनावी मैदानमा उतारेका छन ।

मंगलबार भएको उम्मेदवार मनोनयनमा उपाध्यक्ष र उपमहासचिवहरूले आफू नजिकका विद्यार्थी नेताहरूलाई प्यानलसहित मैदानमा उतारेका हुन । उपमहासचिव जनार्दन शर्मा पक्षले भोजपुरका हेमन्त राईलाई अध्यक्षमा अघि सारेको छ । राईलाई नेता सुदन किराँतीको समेत समर्थन रहेको छ । अर्का उपमहासचिव वर्षमान पुनले तनहुँका सुदिन पौडेललाई अघि सार्नुभएको छ भने उपमहासचिव शक्ति बस्नेतले पर्वतका विजय सापकोटालाई मैदानमा उतार्नुभएको छ ।

यस्तै बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रौतहटका उपदेश यादवलाई अध्यक्षको उम्मेदवार बनाउनु भएको छ । यस्तै उपाध्यक्ष पम्फा भुसालले सर्लाहीका विश्वमणि थापालाई अध्यक्षमा उम्मेदवार बनाउनु भएको छ । यसैगरी उपाध्यक्ष कृष्णबहादुर महराले नातेदार योगेन्द्र बुढालाई उम्मेदवार बनाउनु भएको छ । यसैगरी डा. बाबुराम भट्टराई पक्षका नेताहरू माओवादी केन्द्रमा समाहित हुँदा प्रवेश गरेकी तिर्सना हमालले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न नेताहरूलाई निर्देशन दिनुभएको थियो । माओवादी स्रोतका अनुसार अध्यक्ष प्रचण्डले उपमहासचिव शक्ति बस्नेतका उम्मेदवार रहनुभएका पर्वतका विजय सापकोटालाई अध्यक्ष र जनार्दन शर्माका उम्मेदवार भोजपुरका हेमन्त राईलाई महासचिव बनाएर कार्य समिति बनोस भन्ने चाहना राख्नुभएको थियो तर अन्य नेताले नमानेपछि सहमतिको प्रयास विफल भएको हो ।

अखिल क्रान्तिकारीले पहिलोपटक ३२ वर्षे उमेर हद लगाएर नयाँ नेतृत्व चयन गर्दै छ । उमेर हद लागू हुँदा अघिल्लो कमिटीमा उपमहासचिवभन्दा माथिका सवै नेता आउट भएका छन । सोही कारण उपमहासचिवसम्म भएका बिद्यार्थी नेताहरु अध्यक्षको उम्मेदवार बनेका हुन । अखिल क्रान्तिकारीको कुल २४३ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाका लागि निर्वाचन हुनेछ । गत १० असोजदेखि १४ असोजसम्ममा काठमाडौंको कीर्तिपुरमा आयोजित राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेतृत्व चयन नगरी सम्मेलन स्थगित गरिएको थियो । त्यसैले अहिले बल्ल नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको हो ।