जनता टाइम्स

१४ माघ २०८१, सोमबार १६:२०

प्रेस चौतारी तेह्रथुमको अध्यक्षमा उमेश नेपाली


तेह्रथुम, माघ १४ । प्रेस चौतारी नेपाल तेह्रथुमको अध्यक्षमा पुनः उमेश नेपाली सर्वसम्मत चयन हुनुभएको छ । सोमवार सम्पन्न ८औं जिल्ला अधिवेशनले नेपालीको नेतृत्वमा सर्वसमत नेतृत्व चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा बिकास गुरुङ, सचिवमा विनोद भट्टराई, सहसचिवमा धनबहादुर लिम्बू, सहसचिव समावेशीमा सरस्वती राई र कोषाध्यक्षमा बुद्धिमान तामाङ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा अनिलकुमार खोजु, मदन लिम्बू, गंगाबहादुर बिसंखे, रमेश पुर्कुटी, सम्झना नेपाली र लक्ष्मी ठटाल चयन हुनुभएको छ भने महाधिवेशन प्रतिनिधिमा चन्द्र कार्की र प्रदेश प्रतिनिधिमा जितलाल लिम्बू चयन हुनुभएको छ ।