समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा (एमाले) को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने । अभियानको समाप्तिसंगै अभियानको उपलव्धि र कमीकमजोरीको समिक्षा गर्ने र त्यसको अनुभवको जगमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कामलाई अघि वढाउने ।
शंकर पोखरेल
केन्द्रीय योजनाअनुरुप तीन महिने वडा केन्द्रित अभियान सुरु भएको छ । यस अभियान अन्तर्गत निम्न काम प्राथमिकताका साथ सम्पादन गरिनु पर्दछ :
१. सदस्यता निविकरण र विस्तार (कुल मतदाताको ६ प्रतिसत पुर्याउने)
२. टोलतहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने ।
३. पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने ।
४. पार्टी सम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आ–आफ्नो वर्ग÷ समुदायको नेताका रुपमा स्थापित गर्ने ।
५. सोसल मिडियामा नियोजित रुपमा सम्प्रेशित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने । सबै तहका कमिटीहरू र जनप्रतिनिधिहरुले आ–आफ्नो तहको प्रचार डेस्क स्थापना गरी प्रचारात्मक काम अघि वढाउने ।
६. निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि वढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
७. पार्टीको नेतृत्व र सहभागीताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने ।
८. जनतासंग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घरघरमा पुग्ने । स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्ने । आ–आफ्नो ठाउँको विकास र समृद्धिको योजना तयार गर्ने ।
९. मिसन ०८४ मा पार्टीको एकल वहुमत प्राप्त हुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने । घर फर्क र पार्टी प्रवेश अभियानमा जोड दिने ।
१०. पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि वढाउने । पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।
११. समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा (एमाले) को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने । अभियानको समाप्तिसंगै अभियानको उपलव्धि र कमीकमजोरीको समिक्षा गर्ने र त्यसको अनुभवको जगमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कामलाई अघि वढाउने ।
(नेकपा एमालेका महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत राख्नुभएको बिचार)
प्रतिक्रिया दिनुहोस्