जनता टाइम्स

१७ माघ २०८१, बिहीबार ११:२९

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौं, माघ १७ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ ।

महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।