कञ्चनपुर, माघ १९ । नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को मामाभान्जा चोक नजिकै मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा कलौनी मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्