जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार ०६:५८

प्रधानमन्त्री ओली राजनीतिक भेटघाटमा ब्यस्त , भेनेजुयलाका राष्ट्रपति मदुरोबाट नेपालबारे चासो ब्यक्त


 

अजरवैजान, कात्तिक ९    प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम)को यहाँ जारी १८औँ शिखर सम्मेलनका सहभागीहरुको सम्मानमा आयोजित रात्रिभोजमा आज सरीक हुनुभएको छ । अजरबैजानका राष्ट्रपति इलहाम एलिएभले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा सो भोज आयोजना गर्नुभएको हो ।

सम्मेलन शुक्रवारबाट राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङड्ङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।

जारी १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्य्रक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गर्नुभएकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिनुभयो । उहाँहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो ।

यसैवीच शिखर सम्मेलनमा भारतको नेतृत्व गर्नुभएका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि भेटवार्ता भयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गर्नुभयो ।


प्रधानमन्त्री ओलीले असंलग्न अभियानको संस्थापक सदस्यका रुपमा नेपाल अग्रपङ्क्तिमा रहेर ती जिम्मेवारी लिन चाहेको पनि दृढता व्यक्त गर्नुभयो । यसपछि पनि प्रधानमन्त्री ओलीले बैठकको अध्यक्षता कायम राख्नुभयो । उहाँले नामका अध्यक्ष तथा अजरबैजानका राष्ट्रपति इलहाम एलिएभका तर्फबाट सहभागीहरुलाई रात्रिभोजका लागि आह्वान पनि गर्नुभयो । शनिबारको बैठक बिहान ८ बजेर ५ मिनेटमा बस्नेछ ।