काठमाडौं, माघ १९ । प्रेस चौतारी नेपाल दाङ, भोजपुर, धादिङ, रसुवा र डोटीका अधिवेशन शनिबार सम्पन्न भएका छन् ।
अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएका छन् । शनिबार सम्पन्न प्रेस चौतारी नेपाल दाङको १० औँ जिल्ला अधिवेशनबाट सुधासुमन ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा विमल योगी र महिला उपाध्यक्षमा लक्ष्मी पोखरेल निर्वाचित हुनुभएको छ ।
अधिवेशनले सचिवमा निमुसंगम घर्तीलाई निर्वाचित गरेको छ भने सहसचिवमा सन्तोष खनाल, समावेश सहसचिवमा भ्युमान पुन र कोषाध्यक्षमा चन्द्रप्रकाश नेपाली निर्वाचित हुनुभएको छ ।
यसैगरी प्रेस चौतारी नेपाल भोजपुरको पाचौँ जिल्ला अधिवेशनले पनि सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा मोहन दुराल चुनिनु भएको छ । अधिवेशनबाट उपाध्यक्षमा मकर तामाङ, सचिवमा असीम असीम दुङ्गमाली, सहसचिवमा मनोज विश्वकर्मा र कोषाध्यक्षमा दिपेन बस्नेत निर्वाचित हुनुभएको छ । सदस्यहरूमा सुष्मा शिवा र विनिता प्रधान चुनिनु भएको छ ।
यसैगरी केन्द्रीय प्रतिनिधिमा केशरबहादुर राई, युवराज विष्ट र सरस्वती तामाङ निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा गणेश विष्ट र बाबुराम बास्तोला चुनिनु भएको छ ।
प्रेस चौतारी धादिङको ११ अधिवेशन पनि शनिबार नै सम्पन्न भएको छ । अधिवेशनले अर्जुन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा रेखबहादुर गुरुङ र सुशीला अर्याल निर्वाचित हुनुभएको छ । सचिवमा अनिलकुमार नेपाली, सहसचिवमा वीरमान तामाङ र कोषाध्यक्षमा उपेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ ।
सदस्यमा क्रमशः सुदिप अधिकारी, रिता कुमारी सारू, अशोक श्रेष्ठ र शर्मिला शाक्य निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्री हजुर सिल्वाल र नानु कार्की चुनिनु भएको छ ।
प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिताकुमारी सारू, सुदिप अधिकारी र वीरमान तामाङ निर्वाचित हुनुभएको छ । शनिबार नै सम्पन्न प्रेस चौतारी नेपाल रसुवाको चौथो जिल्ला अधिवेशनले बलराम घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः विजया तिवारी, सरस्वती न्यौपाने, मञ्जु तामाङ र गङ्गा मिजार निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा सूर्यबहादुर थोक्रा, सोममाया तामाङ, सुष्मा न्यौपाने र राकेश लामा निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा दीपक लामा र गङ्गाकुमारी मिजार निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा विजया तिवारी र मञ्जु तामाङ निर्वाचित हुनुभएको छ ।
प्रेस चौतारी नेपाल डोटीको पचौँ जिल्ला अधिवेशनले पनि प्रेम नेपालीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्ष र महिला उपाध्यक्षमा क्रमशः तेजबहादुर ओली र सुनिता धामी चुनिनु भएको छ ।
अधिवेशनबाट सचिवमा राम कुञ्जेडा र कोषाध्यक्षमा बसन्ती भट्ट निर्वाचित हुनुभएको छ । त्यस्तै सहसचिवमा विमल रोकाया र रेखा दर्लामी चुनिनु भएको छ ।
सदस्यहरूमा लक्ष्मी नेपाली, विकास राई, पाल्मु तामाङ र विष्णु कोली चुनिनु भएको छ । केन्द्रीय प्रतिनिधिमा सरस्वती साउद, र शिवबहादुर आले तथा प्रदेश प्रतिनिधिमा सुनिता धामी र विष्णु कोली निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्