जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार ०७:५७

राष्ट्रिय एकता बलियो बनाउन चाडपर्व महत्वपूर्ण – मुख्यमन्त्री गुरुङ


पोखरा, कात्तिक ९   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको जनाउनुभएको छ ।

दीपावली तथा नेपाल संवत्, छठ, इद र ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ता पर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । नेपाल संविधानतः धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले आफूले चाडपर्वबाट आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम हुने अपेक्षा गरेको जनाउनुभयो ।

पछौटेपन, अविकाश र गरीबीको समस्याबाट प्रदेशलाई मुक्त गराउँदै विकास र समृद्धियुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना सन्देशमा उहाँले “यस सङ्कल्पलाई साकार पार्न सबै नागरिकको पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु”, भन्नुभएको छ ।