जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार ००:००

पूर्वसभासद कमला सुवेदीको ५० वर्षको उमेरमा निधन


काठमाडौं, कार्तिक ९ । ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहनु भएकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।

शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाउनु भएको छ ।

उहाँ प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुग्नु भएको छ ।
रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका वडानम्बर १ घर भएकी सुवेदी रामेछाप–काठमाडौं सम्पर्क समितिको संयोजकसमेत बन्नुभएको थियो ।