काठमाडौं, माघ २५। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
प्रधानमन्त्री ओलीले ती विकास–निर्माणका परियोजनालाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको मुख्य प्राथमिकता भएको जानकारी पनि दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैया भुक्तानी गरिएको जानकारी पनि दिनुभएको छ ।
‘शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ- थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि लेख्नूभएको छ, ‘पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन।’
प्रतिक्रिया दिनुहोस्