काठमाडौं, माघ २६ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
सिफारिश अनुसार बढुवाको पहिलो नम्बरमा सुरेशप्रसाद जोशी, दोस्रो नम्बरमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह रहनुभएको छ । यस्तै अन्तिम ७५ नम्बरमा मधु नेपाल पर्न सफल हुनुभएको छ ।
हेर्नाेस सूची
प्रतिक्रिया दिनुहोस्