जनता टाइम्स

२७ माघ २०८१, आईतवार १६:४९

नागार्जुनका मेयरलाई भ्रष्टाचारको अर्को मुद्दा, साढे ८ करोड बढी गैरकानूनी सम्पति कमाएको अख्तियारको ठहर


काठमाडौं, माघ २७। काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जनको भन्दै अर्को मुद्दा परेको छ ।

गरैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ हरोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसअघि अख्तियारले पुस १४ गते २२ करोडभन्दा बढी बिगो दाबीसहित घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दा  दायर गरेको थियो । उक्त मुद्दामा मेयर बस्नेत, उहाँकी पत्नी उर्मिला र पद्मा कोलोनीका सञ्चालक रहेका टेलीभिजन सञ्चालक राजुप्रसाद कँडेलका साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालि प्रतिवादी बनाएको छ ।

भ्रष्टाचारमा मुद्दा दायर गरिएका मेयर बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापतिको जिम्मेवारीमा हुनुहुन्छ ।