जनता टाइम्स

३० माघ २०८१, बुधबार ११:४७

आज ह्वात्तै घट्यो सुनको भाउ, तोलामा दुइ हजार ७ सयले घट्दा कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, माघ ३० । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।