जनता टाइम्स

१ फाल्गुन २०८१, बिहीबार १९:०५

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डको बदमासी, कार्यकारी निर्देशक राणाको निर्देशनमा अदालतको अंकुश


काठमाडौं, फागुन १ । राजधानी उपत्यका खाल्डोमा खानेपानीको हाहाकार नै छ,यो सत्य हो । उपत्यकाका केही स्थानमा खानेपानी संस्थानले धारा र ट्यांकर मार्फत खानेपानी वितरण गर्दै आएको छ भने निजी क्षेत्रका ट्याकंरले पनि खानेपानी तथा प्रयोग गर्ने पानी विक्री गर्दै आएको अवस्था हो ।

कसैले रोअर पम्प, कसैले डिप बोरीडबाट स्वीकृती बेगर नै पानी निकाली राखेका छन् भने कसैले नियमानूसार नै स्वीकृती लिएको अवस्था पनि छ । ललितपुरको सैंवुस्थित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डले भूमिगत पानी प्रयोगका लागि स्वीकृती दिने गर्छ ।

यसरी स्वीकृती दिँदा सरकारी कोषमा वोर्डले तोकेको दस्तुर बुझाउनु पर्ने हुन्छ भने वर्षैपिच्छे तोकिएको राजस्व बुझाएर नविकरण गरिराख्नु पर्छ । यसरी नविकरण गर्दै भूमिगत पानी निकालेको अवस्थामा विनाकारण कसैले आफ्नो स्वार्थ पूरा गर्न वोरिड बन्द गर्न निवेदन दिन्छ भने सरकारी निकायले स्थलगत निरीक्षण नगरीकनै ‘सात दिन भित्र वोरीड बन्द गर्न’ भन्दै आदेश गर्न मिल्छ कि नाई ? त्यो पनि तारे होटलले प्रयोग गर्दै आएको वोरिड ?

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले यसरी नियम विपरित वोरिड बन्द गर्न दिएको आदेशमाथि न्यायलयले रोक लगाइदिएको छ ।

२०६८ चैत्र २६ गते वोर्ड आफैँले भूमिगत श्रोतको पानी निकाल्ने तथा उपयोग गर्नै सम्वन्धि अनुमती पत्र जारी गरेको अवस्थामा एकाएक विना कारण कोही कसैले दिएको अर्थहिन उजुरीकै भरमा वोर्डकै कार्यकारी निर्देशक डा. राणाले भूमिगत स्रोतको पानी निकाल्ने कार्य ७ दिन भित्र बन्द गर्न २०८१ माघ ८ गते लिखित आदेश दिनुभएको थियो ।

उक्त आदेश लगत्तै जिल्ला अदालत, काठमाडौंमा न्यायका लागि पुगेको उक्त होटलकै पक्षमा जिल्ला अदालत, काठमाडौंका न्यायमूर्ति कृष्ण प्रसाद शर्मा नेपालको इजलासले गत माध २७ गते अल्पकालिन आदेश जारी गरिदिएको छ ।

अर्थात्, कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले हचुवाका भरमा दिएको आदेशमाथि तत्कालका लागि रोक लागेको छ भने भूमिगत पानीको स्रोत बन्द गर्नु पर्ने स-प्रमाण कागजात न्यायलयले माग गरेको छ ।

कालीमाटी सोल्टीमोडका प्रदिप श्रेष्ठकी श्रीमती यसरी आफ्नै छिमेकमा रहेको होटलले आफ्नै जग्गामा स्वीकृती नै लिएर प्रयोग गर्दै आएको भूमिगत स्रोतको पानी बन्द गराउन रोइकराइ गर्दै हिडनु भएको हो ।

उहाँले महानगरपालिकाको १३ नम्वर वडा कार्यालयमा पुगेर आफ्नो घर भत्कीन लागेको, भासिन लागेको, चर्केको भन्दै दुखेसो पोखिन, कहानी सुनाइन्, वडा कार्यालयले स्थलगत निरीक्षण गर्यो । त्यहाँ उनै आफूलाई पिडीत बताउने महिलाको झुटठा दावी ठहर्यो ।
त्यसपछि पनि ती महिला प्रहरी वृत्त, कालिमाटीमा न्याय माग्न भन्दै पुगिन् । प्रहरी गृहार्नुभयो ।

प्रहरीले पनि स्थलगत निरीक्षण गर्यो, ति महीलाले भनेजस्तो भूमिगत पानी निकालेको स्थानमा कुनै गल्ती, कमजोरी वा त्रुटी फेला पार्न सकेन । त्यसपछि पनि ती महिला आफ्नो झुट्टा दावी सहित महानगरपालिका पुगिन् । आफूले न्याय पाउन नसकेको बिन्ती भाउ गरीन् ।

महानगरपालिकाका नगरप्रहरीले दुबै पक्षको रोहवरमा निरीक्षण गर्यो, त्यहाँ पनि उनै महिला चुकीन् । र, पनि ती महिला होटलले प्रयोग गर्दै आएको भूमिगत पानी बन्द गराउन रोकिइनन् । उनी ललितपुरको सैंवुस्थित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा पुगिन् र आफ्नो कहानी त्यहाँका कार्यकारी निर्देशकलाई सुनाइन् ।

एउटी महिलाको दुखान्त सुनिसकेपछि कार्यकारी निर्देशक पनि भावुक बने र निवेदनमा तोक लगाइदिए- पत्र प्राप्त भएको मितीले ७ दिन भित्र वोरिड सञ्चालन कार्य नगर्नु/नगराउनु । त्यसबेला उक्त पत्रमा विज्ञ टोलीको प्रतिवदेन अनुरुप एस.एल.आई.टी. ननिस्कने विधि अपनाई मात्र बोरिड सञ्चालन गर्न मिल्ने अन्यथा नमिल्ने उल्लेख गर्दै तारे होटललाई पत्र काटियो ।

तर, होटल नै आफूमाथि अन्याय परेको भन्दै न्ययालय पुगेपछि यतीबेला वोर्डका कार्यकारी निर्देशक डा. सजिव विक्रम राणा अफ्ठ्यारोमा परेका छन् ।

अल्पकालिन आदेश जारी भएको उक्त मुद्दाको अन्तिम किनारा लाग्ने अवस्थामा कार्यकारी निर्देशक डा. राणामाथि न्यायलयले चेतावनीसम्म दिन सक्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।किनकी, उनले प्राप्त निवेदन गुनासो सुनेकै आधारमा विना स्थलगत निरीक्षण र विज्ञ टोलीको राय विनै उक्त निर्देशन दिएका हुन् । अदालतले सवुद प्रमाणसहित १५ दिन भित्र उपस्थित हुन वोर्डलाई आदेश गरेको छ ।

यहीबीच, आफूलाई पिडीत दावी गर्ने घरधनी प्रदिप श्रेष्ठले श्रीमतीको जिद्धीका अगाडी आफ्नो केही नलागेको बताए, ‘मैले त्यस्तो नगर, हामीलाई खासै असर परेको छैन भन्दा उनले मेरो कुरा सुन्नै चाहान्नन् । आफ्नै जिद्धी गर्छीन् ।’

छिमेकीका अनुसार सन्तान हाल अष्ट्रेलिया रहेको र उक्त घर बिक्री गरेर आफूहरु पनि अष्ट्रेलिया नै जाने सोचमा रहेका प्रदिप श्रेष्ठ दम्पत्ती यसरी-त्यसरी-जसरी पनि घर त्यही होटललाई किन्न बाध्य पार्न खोजेकैले यो विवाद लम्विएको हो ।

होटलले भूमिगत पानी निकालेकै भरमा प्रदिप श्रेष्ठको घरमा कुनै पनि असर परेको देखिन्न । त्यसो त १३ नम्बर वडा कार्यालय, प्रहरी वृत्त कालीमाटी र महानगरपालिकाका नगर प्रहरीले पनि प्रदिप श्रेष्ठकी श्रीमतीकै नियतमा खोट रहेको बताउँछन् ।

अरुलाई दुख दिन खोज्ने प्रदिप श्रेष्ठ पत्नी अब आफैँ न्यायलय धाउनु पर्दा र अनावश्यकको खर्चपर्चले सताउँदा बल्ल चेत्ने हुन् कि ?