काठमाडौं, फागुन १० । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनु भएको छ ।
शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजकाे प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभयो ।
‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसकाे विकल्प खोज्ने भनेकोमुलुकलाई संकटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताउनुभयो ।
दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरि संविधान संशोधनको तयारी भइरहेको उहाँले बताउनुभयो । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याउनुभयो ।
कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उहाँको भनाइ छ । राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्