काठमाडौँ, फागुन १२ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। कुबेती दिनारको विनियमदर भने बढेको छ। तर, अमेरिकी डलरको विनियमदर विगत तीन दिनदेखि स्थिर छ।
आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा छ। हिजो युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा थियो।
त्यसैगरि पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा थियो।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा छ।













प्रतिक्रिया दिनुहोस्