जनता टाइम्स

१६ फाल्गुन २०८१, शुक्रबार १२:२७

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य


काठमाडौं, फागुन १६ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।