जनता टाइम्स

२३ फाल्गुन २०८१, शुक्रबार १३:२५

सरकारले गर्यो दुई सचिवको सरुवा, सहसचिव यादवलाई प्रदेशको जिम्मेवारी


काठमाडौं, फागुन २३ । सरकारले दुई सचिवको सरुवा गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ भने सचिव सुमनराज अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरेको छ ।

यस्तै बैठकले राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव वीरेन्द्रकुमार यादवलाई कर्णाली प्रदेश सरकारको कायम मुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारीमा पठाएको छ ।

यादव भर्खरै मात्रै सहसचिवबाट सचिवमा बढुवाका लागि पहिलो नम्बरमा सिफारिस हुनुभएको थियो । तर, यस अघि नै कामू प्रमुख सचिवको जिम्मेवारीमा मदन भुजेल गइसकेकाले सरकारले उहाँलाई सचिवमा बढुवा गरेको हो ।