जनता टाइम्स

२३ फाल्गुन २०८१, शुक्रबार १९:०८

एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित, पदाधिकारीमा पनि बिनोद ढकाल समुहको क्लिनस्वीप (मत परिणामसहित)


बिराटनगर, फागुन २३ । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार ४४६ मत प्राप्त गरी राई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी पराजुलीले ४०७ मत पाउनु भएको छ । एमालेका युवा नेता बिनोद ढकालको समुहका रुपमा चुनावमा होमिनुभएका राईले जित्दा पदाधिकारीमा अर्काे समुहलाई क्लिनस्वीप गरेको छ ।

निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा पनि बिनादे ढकाल समुहका सागर थापाले ४२२ पाएर बिजयी बन्दा शान्तिकुमारी लिम्बु ३९१ मत पाउनु भयो । यस्तै सचिवमा ढकाल समुहकैसोमराज थापा ४६२ बिजयी हुनुभयो भने इतर समुहका रबिन थापा ३६८ पाएर उपबिजेता बन्नुभएको छ ।

यस्तै, उपसचिवमा पनि ढकाल समुहका सन्तोष बान्तवा ४९० र उषा झाले ४१८ मतसहित बिजयी बन्दा इतर समुहका , इजलाल राजबंशी ३११ र सिल्पा कार्की ४०५ मत पाउनु भएको छ ।

गत फागुन १७ गतेबाट सुरु भएको एमाले मोरङको अधिवेशनमा सहमति हुन नसकेपछि चुनावमार्फत नेतृत्व चयन गरिएको थियो । कोशी प्रदेशका अधिकांश नेताहरुको साझा उम्मेदवार पराजुली नेतृत्वको टीमलाई ढकालको टीमले क्लिनस्वीप गरेको हो ।