जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार १९:२५

प्रेस चौतारी उपत्यकामा महिला नेतृत्व, पहिलो प्रदेश अध्यक्ष बन्दै सीता पौडेलले रचिन इतिहास


काठमाडौं, फागुन २४ । प्रेस चौतारी नेपालको उपत्यका प्रदेशमा महिला नेतृत्व आएको छ । शनिवार सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा सीतामाया पौडेल (अर्चना) लाई सर्वसम्मत निर्वाचित गर्दै महिला नेतृत्व स्थापित गरेको हो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र स्थायी कमिटी सदस्य तथा प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतमको बिशेष आतिथ्यतामा सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।

अधिवेशनले दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारीलाई निर्वाचित गरेको छ । यसैगरी महासचिवमा सौगात मिश्र र कोषाध्यक्षमा भुपाल गौतमलाई निर्वाचित गरेको छ । यस्तै सचिवमा रामचन्द्र बस्नेत, सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, लीजा क्षेत्री र सन्तोष तामाङलाई निर्वाचित गरेको छ । अधिवेशनले सदस्यहरुमा ज्योति जीसी, मेनुका कार्की, रोशनराज अर्याल, जीबी लामा र मेघराज पहाडीलगायतलाई निर्वाचित गरेको छ ।

निवर्तमान कार्यसमितिका उपाध्यक्ष ज्योती जिसीले आफूले अन्य कामको ब्यस्थता र संगठनले बनाएको मापदण्डको आधारमा अध्यक्षसहित पदाधिकारीमा नरहेर सदस्यका रुपमा संगठनमा योगदान गर्ने घोषणासहित कार्यसमितिमा रहनुभएको हो । अध्यक्षमा स्वभाविक दावेदार भएपनि महिला नेतृत्व स्थापित गर्ने अभियानमा आफूहरु रहेको जनाई जिसी कार्यसमितिको सदस्यमा मात्र रहनुभएको हो ।