नेता राईले राजतन्त्र फर्कन सम्भव नभएको बताउदै जनता अगाडी बढ्न चाहेकाले त्यसको लागि संविधान संशोधनको माध्यमबाट अझ पराकिला बाटाहरु तयार गरेर अघि बढ्ने कुरामा जोड दिनु भयो ।
तुलसी कोईराला/उदयपुर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले अहिलेको अवस्थामा राजतन्त्र फर्कने कुरा दिवास्वप्न हुने बताउनु भएको छ ।
उदयपुरको रौतामाई गाउँपालिको मुर्कुचीमा ३ महिने जरा केन्द्रीत अभियान अन्तरगत प्रशिक्षण कार्यक्रमको आईतबार उद्घाटन गर्नु हुदै नेता राईले उक्त कुरा बताउनु भएको हो ।
नेता राईले राजतन्त्र फर्कन सम्भव नभएको बताउदै जनता अगाडी बढ्न चाहेकाले त्यसको लागि संविधान संशोधनको माध्यमबाट अझ पराकिला बाटाहरु तयार गरेर अघि बढ्ने कुरामा जोड दिनु भयो ।
प्रचण्ड, राजवादी, रवि र बालेनहरुको नारा अलग अलग भएपनि लोकतन्त्र र गणतन्त्रलाई समाप्त पार्ने कार्यमा लागेको नेता राईको आरोप छ ।
‘एकातिर प्रचण्ड, अर्कोतिर राजवादी, रवि, बालेनहरुको अलग अलग नारा मुद्दा गतिविधी भएपनि अराजक र अस्थिर शक्तिहरुलाई मलजल गर्ने, धर्म र जातको नाममा भाड भैलो मच्चाउने र यो लोकतन्त्र र गणतन्त्रलाई समाप्त गर्ने कार्यमा लागेका छन ।’
एमालेका कोशी प्रदेशका ईन्चार्ज समेत रहनु भएका राईले भन्नु भयो ‘ उनीहरुको मुख्य उद्देश्य भनेकै देशको अस्थित्वलाई संकटमा पुर्याउने, विदेशीहरुको चलखेल गर्ने अखडा बनाउने, हाम्रो पहिचान र परिचयलाई धुजा धुजा बनाउने भएकाले नेकपा एमाले र नेपाली काग्रेस दुई ठूला दल मिलेर सरकार गठन भएको छ ।’
नेता राईले नेकपा एमालेले मात्र देशलाई निकास दिन सक्ने भएकाले भ्रममा नपर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
दुई दिन सम्म चल्ने प्रशिक्षणमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्