सुर्खेत, फागुन २५ । नेकपा (एमाले) ले सञ्चालन गरेको तीन महिने वडा केन्द्रीत अभियानमा सुर्खेत वीरेन्द्रनगरकी ८१ वर्षीय एक महिलाले प्रशिक्षण लिनुभएको छ ।
वीरेन्द्रनगर ११ शाखा कमिटीले आयोजना गरेको प्रशिक्षणमा स्वतःस्फूर्त सहभागी जैसरा सुनारले जरा अभियानबाट दीक्षित हुनुभएको हो । २०६७ सालदेखि एमालेको संगठित सदस्य रहेकी उनले यस्तो प्रशिक्षण पहिलो पटक भएको हो ।
प्रमाणपत्र बुझेपछि उहाँले आफू निकै खुसी भएको र आफ्नो सहभागिताले अन्य ज्येष्ठ नागरिकलाई समेत पार्टी निर्माणमा लाग्न प्रेरित गर्ने बताउनु भयो ।
वीरेन्द्रनगर ११ शाखा कमिटीले आयोजना गरेको प्रशिक्षणमा केन्द्रीय सल्लाहकार गेहेन्द्रप्रसाद दाहाल, प्रदेश कमिटीका उपसचिव एवं अनेमसंघ प्रदेश अध्यक्ष पद्मा खड्का, जिल्ला अध्यक्ष कुलमणि देवकोटा, नेताहरु ताराकेशर गौतम र कविन्द्रकुमार केसीले प्रशिक्षण दिनुभएको थियो ।
पार्टी प्रदेश उपसचिव खड्काले जरा अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्म स्वस्फूर्त परिचालन भएको बताउनु भयो ।
“हामी अभियानका क्रममा जुन जुन टोलमा पुग्छौं, त्यहाँ पार्टी कार्यकर्ता र शुभेच्छुकहरुमा बेग्लै उत्साह भएको पाएका छौं, ८० नाघेका वृद्धवृद्धाहरु पनि पार्टी निर्माणमा खटिनुले एमालेप्रति आम जनताको भरोसा नै रहेको बुझिन्छ, उहाँले भन्नुभयो, “यसपटक पार्टीले वडा र टोलकेन्द्रित अभियान चलाउँदा तल्लो तहका कार्यकर्ता एवं आम जनताको मनोभावना नजिकबाट बुझ्ने अवसर मिल्यो ।”
एमालेको यो अभियानमा प्रदेश र जिल्लास्तरका नेताहरु टोल टोलमा पुगेर सरकार र पार्टीप्रति फैलाइएको भ्रमहरु चिर्न तथा पार्टीको नीति तथा योजनाबारे कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्