जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार ०६:४५

२ करोड ६७ लाख रुपैयाँसहित प्रहरीले २५ जुवाडेलाई पक्राउ गर्दा यसरी जोगिएका थिए दुई मन्त्री


काठमाडौं, कात्तिक ११ । महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित प्रहरीले २५ जुवाडेलाई पक्राउ गरेको घटनामा नेपाली कांग्रेसका नेता पूर्व गृहराज्यमन्त्री इन्द्र बाँनियालाई प्रहरीले छोडेको खुलेको छ ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार बाँनियाँलाई प्रहरीका एक उच्चपदस्थको आदेशमा छोडिएको हो । बानियाँसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा जुवाको खालबाट केहि मिनेट अघि निस्किँदा प्रहरीको पक्राउ पर्नबाट जोगिएका थिए ।

पक्राउ परेकामध्ये एक जनाले मन्त्री बुढासमेत जुवा खेल्न महाराजगञ्ज पुगेको र प्रहरी पुग्नुभन्दा ३० मिनेटअघि मात्र जुवाको खालबाट उठेको बताउछन् । यतामहानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी सैलेश थापा क्षत्री भने जुवाडे छुटाउन कसको आदेश वा संलग्नता छ भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । शनिबारराति महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले महाराजगञ्ज पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका जुवाडेहरूमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर र अशोक श्रेष्ठ छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरूमाथि जुवातास मुद्दा चलाउने प्रहरीले जनाएको छ ।