काठमाडौं, फागुन २७ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सवैभन्दा बढी क्याम्पसमा अनेरास्वबियु निर्धिरोध भएको छ ।
उम्मेदवारी मनोनयनको क्रममा देशभर उम्मेदवारी मनोनयन चलिरहेका बेला केही क्याम्पसमा भने विद्यार्थी संगठनबीच विवादपछि मनोनयन अवरुद्ध भएको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही जिल्लाका विद्यार्थी संख्याको हिसाबले साना क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
अहिलेसम्म प्राप्त विवरण अनुसार एमालेनिकट अनेरास्ववियुले ११ वटा क्याम्पसमा सभापति निर्विरोध पाएको छ । त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ४ र कांग्रेसनिकट नेविसंघ तथा नेकपा एसनिकट अनेरास्ववियुले एक–एक क्याम्पसको सभापति निर्विरोध भएका छन् ।
यी हुन सर्वसम्मत क्याम्पस
अनेरास्ववियु
१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला
२. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी
४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द
६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला
७. सेती क्याम्स बझाङ,दिपेन्द्र दौल्याल
८. लाटिनाथ क्याम्पस दार्चुला,लोकेश खड्का
९ .कृष्ण स्नातक क्याम्पस दार्चुला,ओमकार पाल
१० .शारदा वहुमुखी मैनापोखर बर्दिया,सागर खत्री
११ .मंगला क्याम्पस म्याग्दी,एल्डीस पुन
अखिल क्रान्तिकारी
१. नेत्रावती क्याम्पस धादिङ, अभिशेक थपलिया
२. जुगल बहुमुखी सिन्धुपाल्चोक, सुस्मिता श्रेष्ठ
३. शीतल क्याम्पस चौरहजारी रुकुम, प्रकाश डाँगी
४. शान्ति आदर्श क्याम्पस बझाङ,बम धामी
नेविसंघ
१. चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक, राजु लामा
अनेरास्ववियू समाजवादी
१. मनहरी क्याम्पस मकवानपुर, कुमार घिसिङ













प्रतिक्रिया दिनुहोस्