काठमाडौं, फागुन २९ । सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठनदेखि गैर आवासीय नेपाली सम्बन्धि बिद्येयक तर्जुमा गर्न संद्धान्तिक स्वीकृति, बैदेशिक सहयोग लिने र नियुक्तिसम्मको निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्तासमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषदले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।
बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । मन्त्रिपरिषदले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगसमेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्