जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार ११:३०

परपुरुषसँग मिलेर पत्नीले गरिन श्रीमान र देवरसहित तीन जनाको हत्या


काठमाडौं, कात्तिक ११ । भारतमा बसोवास गर्दे आएकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नोश्रीमान र देवरसहित तीन जनाको हत्या गरेकोतथ्य खुलेको छ । भारतको पिथौरागढमा तीन नेपालीको हत्यामा मृतककी श्रीमतीको संलग्नता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका हुन । भारतको पथौरागढमा तीन नेपाली मजदूरको हत्याको घटनामा मृतक हरे बोहराकी श्रीमती किर्राको संलग्नता रहेको आशंक भारतीय पुलिसले गरेको छ ।

अनुसन्धानमा संलग्न पुलिस अधिकारीले श्रीमतीले नै परपुरुषसँग मिलेर श्रीमान, देवर र अर्का एकजनाको हत्या गरेको बताएका छन् । महिला फरार छन् । लामो समयदेखि परपुरुषसँग शारीरिक सम्बन्धमा रहेको आशंकामा हरेले श्रीमतीलाई गाली गर्ने गरेको र किर्राले त्यसैको प्रतिशोधमा श्रीमानसहित तीनजनाको हत्या गरेको स्थानीय पुलिस अधिकारीले बताएका छन् ।

शुक्रबार धारिलो हतियार प्रयोग गरेर पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको थियो । सो हत्यामा मृतककी श्रीमतिकै हात रहेको भारतीय सञ्चारमाध्यमले जनाएका हुन ।